कञ्चनपुरको पुनर्वास –४ मा रहेको श्री नमुना रामजी आधारभूत विद्यालयमा १६ औं वार्षिकोत्सव तथा नयाँ भवन उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन र दुई कोठे शौचालय उद्घाटन गर्नुभयो । उक्त भवन विल्डअन संस्था र पुनर्वास नगरपालिकाको साझेदारीमा निर्माण गरिएको हो ।

वार्षिकोत्सव तथा नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख रानाले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य भएको बताउँनुभयो । उहाँले भवन बनाउन सहयोग गर्ने विल्डअन संस्थालाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा पनी सहकार्य गर्न आग्रह गर्नुभयो । उहाँले अभिभावक, शिक्षक, जनप्रतिनिधि र सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भोलीका दिनमा बिद्यालयका लागी नगरपालिका बाट गर्नुपर्ने सहयोग गर्न आफु तत्पर रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

यस्तै कार्यक्रमा बोल्दै पुनर्वास –४ का वडाध्यक्ष मनोज जैशीले शिक्षाको स्तर उकास्न सामुदायिक सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले भवन निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनुभयो । साथै बिद्यालयको १६ औँ बार्षिक उत्सबको शुभकामना दिदै अबिभावकले बिद्यालयमा चासो देखाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रमा बोल्दै विद्यालयका प्रधानाध्यापक कुशुम न्यौपानेले विद्यालयलाई सहयोग गर्ने संस्था, जनप्रतिनिधि, शिक्षक, अभिभावक सबैलाई आभार प्रकट गर्नुभयो । उहाँले नयाँ भवनले पढाइको वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । बिद्यालयले सबैलाई पत्रचार गर्दा पनी अविभाबकको न्युन उपस्थिीती हुनु दुःखद रहेको बताउनुभयो ।

समारोहमा सहभागी अभिभावकहरूले विद्यालयको समग्र अवस्था र सिकाइको गुणस्तर प्रति चिन्ता व्यक्त गरेका छन् । उनिहरुले बिद्यालयमा देखीएको अवस्था सुधारको माग गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि देखाएका थिए । नयाँ भवन तथा शौचालय निर्माणले विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण योगदान पुराउने विश्वास लिइएको छ ।