कञ्चनपुरको पुनर्वासमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । पुनर्वास–६ को वडा कार्यालयको आयोजनामा दुई दिने जनचेतना मूलक कार्यक्रम सुरु भएको हो । वडामा जनचेतना फैलाउने उद्देश्य सहित फरक–फरक दुई लक्षित समूहलाई केन्द्रित गरी विभिन्न सामाजिक र स्वास्थ्य सम्बन्धी महत्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया भएको छ ।

कार्यक्रमको पहिलो दिन मङ्गलबार आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अभिभावकहरूलाई लक्षित गरि जनचेतना मूलक कार्यक्रममा छलफल तथा अन्तरक्रिया गरीएको थियो । कार्यक्रममा सहभागीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । अखाद्य वस्तुको पहिचान र प्रयोग गर्दा हुनसक्ने जोखीम सहितको जानकारी दिदै खाद्य सुरक्षाको महत्व र उपभोक्ता अधिकारबारे जानकारी छलफल तथा अन्तरक्रिया गरीएको थियो । यस्तै बुधबार कार्यक्रमको दोस्रो दिन पुनर्वास–६ भित्रका ६ वटा विद्यालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूसँग लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिमा अपराध तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा जनचेतना मूलक कक्षा सञ्चालन गरिने पुनर्वास–६ को वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले युवालाई नकारात्मक लतबाट जोगाउन सामुदायिक प्रयास आवश्यक रहेको बताउनुभयो । जनचेतनाको दायरालाई विद्यालय देखि घरदैलोसम्म पुराउनु पर्ने बताउदै पहिलो दिन आमा समूह, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय अभिभावकहरूलाई लक्षित गरि कार्यक्रम गरीएको उहाँले बताउनुभयो ।  यस्तै कर्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।  कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालका अधिकृत सुमन लामिछानेले खाद्य सुरक्षा, म्याद गुज्रिएका सामग्रीको असर र बजार अनुगमनको प्रक्रिया बारे प्रशिक्षण दिनु भएको थियो ।

यस्तै कर्यक्रममा बोल्दै पुनर्वास–६ का वडा अध्यक्ष मित्र सिंह लामाले पहिलो दिन अभिभाबकहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धी विषयमा जानकारी दिने बतउनुभयो । यो संगै लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिमा अपराध तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा हल्का जानकरी दिने तर दोस्रो दिन पुनर्वास–६ भित्रका ६ वटा विद्यालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरूसँग लागू औषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिमा अपराध तथा विपद् जोखिम न्यूनीकरण सम्बन्धी विषयमा जनचेतना मूलक कक्षा सञ्चालन गरीने बताउनुभयो । उहाँले यी विषयमा स्थानीय तहको भूमिका र समुदायको सहभागिता आवश्यक रहने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य ठाकुर प्रसाद अमगाईले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन दलित महिला सदस्य भावना स्वर्णकार सुनारले गर्नु भएको थियो । करीब ६० जनाको सक्रिय सहभागिता रहेको कार्यक्रममा स्थानीय समुदायमा जनचेतनाको सन्देश फैलाउने अपेक्षा गरिएको छ ।