कञ्चनपुरको पुनर्वासमा एक बिद्यालयका शिक्षकले बिद्यार्थीलाई निलडाम हुने गरी कुटपीट गरेको घटना बाहिरिएको छ । पुनर्वास–९ स्थित श्री दीपशिखर आधारभूत विद्यालयमा अध्ययनरत कक्षा ५ का विद्यार्थी विवेक भाटलाई शिक्षक कर्ण बा पुनमगरले अमानवीय रूपमा कुटपिट गरेको घटना बाहिरिएको छ । बिद्यालयमा साथिहरुसंग झगडा गरेको भन्दै शिक्षक कर्ण बा पुनमगरले निलडाम हुने गरी कुटपीट गरेपछी पालिका र अभिभावकहरूमा चासो उत्पन्न भएको छ ।


घटनाबारे जानकारी प्राप्त भएपछि हामीले पुनर्वास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिबराज भट्ट संग बुभm्दा विद्यार्थी अत्यन्तै बदमास स्वभावको भएको, सरहरूको कुरा नमान्ने र लगातार साथिहरु संग झैझगडामा संलग्न हुने गरेको जानकारी प्राप्त भएको र सोह कुरालाइ लिएर बिद्यार्थीमाथी कुटपिट भएको हुनसक्ने उहाँले बतउनुभयो ।  उहाँले घटना बारे थप बुझ्न र सो किसीमको व्यवहार शिक्षण पेशाको मर्यादा अनुरूप नभएको प्रति दुःख ब्यक्त गर्नुभयो । उहाँले बिद्यालयका प्रधानाध्यापक र शिक्षक पुनमगरलाई घटना बारे स्पष्टिकरण माग गर्नेे बताउनुभयो ।

यता पुनर्वास–९ को वडा कार्यालयले शिक्षक र पीडित विद्यार्थीका अभिभावकबीच समझदारी गराइ दिएको छ । दुवै पक्षको सहमतिमा घटनालाई आपसी मेलमिलाप मार्फत टुंग्याइएको पुनर्वास–९ का वडाध्यक्ष नर बहादुर बिकले जानकारी दिनुभयो ।  शिक्षक पुनमगरले आगामी दिनमा यस्तो घटना नदोहोराउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी झगडालु र अवज्ञाकारी भएको कारण आफूले भावनामा बगेर पिटेको भन्दै गल्ती स्वीकार गर्नु भएको छ । उहाँले आफू रिसको आवेगमा आएकाले यस्तो घटना घटेको बताउँदै बिद्यार्थीको उपचार गर्ने शर्तमा माफी माग्नु भएको छ ।

शिक्षा क्षेत्रमा यस्ता घटनाले विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने भएकाले सम्बन्धित निकायले यस्ता खालको घटना हुन नदिन आवश्यक कदम चाल्नुपर्ने देखीन्छ ।