कञ्चनपुरको पुनर्वासमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ अमरबस्ती स्थित ग्वानी टोलमा बस्दै आएका २५ वर्षीय कृष्ण चन्दको करेन्ट लागेर मृत्यु भएको हो।
सोमबार बिहान ५ बजे मोटर (नल्का) चलाउने क्रममा करेन्ट लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । सबको पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जानकारी दिएको छ ।
चन्दको केही समयदेखि मानसिक स्वास्थ्य ठिक नभएको स्थानीयले बताएका छन् । एक महिना पहिला मात्रै उनलाई भारतबाट घर ल्याइएको थियो ।