कञ्चनपुरको पुनर्वासमा सडक किनारामा लुगा खोलिएको अवस्थामा एकजना मृत भेटिएका छन्।

पुनर्वास-बेलौरी जोड्ने हुलाकी सडक खण्डसँगै जोडिएको ग्रिन बेल्ट किनारामा पुनर्वास १ का शिविरटोल बस्दै आएका अन्दाजी ५० वर्षीय सुर्जे दमाई आज (शनिबार) साँझ करिब ५:३० मृत फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

सडक किनारामा एक्कासि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनुभयो ।