बेलौरी नगरपालिकाले असार ८ गते १५ औँ अधिबेसन मार्फत आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनीक ग¥यो । तर सो बजेट माथी काङ्ग्रेस बाट निर्वाचित २ जना वडाध्यक्ष र ५ जना सदस्यले बिरोध जनाएका थिए । आफुहरुको बिरोधका बाबजुत बहुमतको बलमा विधि र प्रक्रिया मिचेर बजेट पारित गरिएको बेलौरी–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ बताउनुभयो ।

नेपाली कांग्रेसबाट निर्वाचित बेलौरी–७ का वडाध्यक्ष श्रेष्ठ र बेलौरी–९ का वडाध्यक्ष किसन सिंह राना सहित ७ जना जनप्रतिनिधिहरुले बिरोध जनाइ रहदा उहाँहरु निर्वाचित पार्टी भने मस्त निन्द्रामा सुतेको छ । बजेट पारीत भएको १ हप्ता भैसक्दा पनी पार्टिले आधिकारीक धारणा सार्वजनीक नगर्दा बेलौरी काङ्ग्रेसमा किचलो सुरु भएको देख्न सकिन्छ । एक पक्षले बिरोध जनाइरहदा अर्को पक्षले मौन सहमती दिएको भन्दै बेलौरी काङ्ग्रेस भित्र नै यतिबेला खैलाबैला मच्चिएको छ ।

असार ८ गते आइतबार नगर सभामै बिरोध जनाउदै काग्रेसबाट निर्वाचित सदस्यहरुले पत्रकार सम्मेलन नै गरेर बजेट बिधिसम्मत नभएको बताएका थिए । पत्रकार सम्मेलनमा समेत बेलौरी–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले कार्यपालिकाको बैठक देखि नै डल्लो बजेट नराखी हरेक योजनालाई शीर्षकगत रूपमा राखेर पेश गर्नुपर्नेमा त्यसो नगरी सिधै डल्लो बजेट पारित गर्ने काम नगर सभाबाट भएको बताउनुभयो । जुन विधि सम्मत नभएको र डल्लो बजेट व्यक्तिगत स्वार्थका लागि प्रयोग हुन सक्ने शंका बढाएकाले आफुहरुले बिरोध जनाएको उहाँ बताउनुहुन्छ ।

बजेट पारीत भएको १ हप्ता भैसक्दा पनी अहिले सम्म बेलौरी काङ्ग्रेसले बजेटको बिषयमा कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन् । पार्टिले बैठक बसेर यस बिषयमा धारणा सार्वजनीक गर्छौ भनेपनी तर अहिलेसम्म बैठक समेत बस्न नसकेको वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । पार्टिले हजुरहरुलाई असहयोग गरेको हो त ? भन्ने प्रश्नमा वडाध्यक्ष श्रेष्ठले यसले आफुहरुलाई समेत अन्यौलता सिर्जना गरेको  बताउनुभयो ।

बजेटमा तपाईको पार्टीबाट निर्वाचीत जनप्रतिनिधिहरुले बिरोध जनाइ रहदा हालसम्म पनी बेलौरी काङ्ग्रेसले किन कुनै धारणा सर्वजनीक नगरेको भन्ने प्रश्नमा नेपाली काङ्ग्रेस बेलौरीका सभापती पेपुराम चौधरीले यस विषयमा जनप्रतिनिधिहरुले पार्टीमा कुनै पनी बिषय जानकारी नगराएको बताउदै नगर कमिटी अनबिज्ञ रहेको बताउनुभयो । जनप्रतिनिधिहरुको सन्तुलीत धारणा नआएको र अहिले रोपाइ चलेकाले पनी पार्टीको बैठक वस्न नसकिएको उहाँ बताउनुहुन्छ ।

के पार्टीले जनप्रतिनिधिहरुलाई सहयोग नगरेको होत ? भन्ने प्रश्नमा उहाँले आफुहरुले असहयोग गरेको नभई उहाँहरुले जनप्रतिनिधिको हिसावले काम गरेको बताउनुभयो ।  यसै बिषयलाई लिएर हामीले नेपाली काग्रेसका क्षेत्रिय सभापती गोपी प्रसाद उपाध्यायलाई सम्पर्क ग¥यौ, उहाँलाई अनुमती माग्दै यो कल रेकर्ड गर्छौ है भनेर सोध्दा, यस बिषयमा नगर सभापतीलाई सोध्नु होला भन्दै फोन काट्दीनु भयो । यसरी पनी नगर सभा सकिएको ८ दिन सकिदा समेत पार्टीबाट कुनै स्पष्ट धारणा नआउदा निर्वाचीत जनप्रतिनिधिहरुमा अन्यौलता सिर्जना भएको छ ।