धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित तुल्सीराम माध्यामिक विद्यालयमा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा सुदूरखबर अनलाइन मिडिया प्रालिको आयोजनामा कक्षा ९ र १० का विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको हो ।

प्रालिका ब्यवस्थापक / रिपोटर गगन अयडीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्राचार्य सिताराम जोशी रहेका थिए । कार्यक्रममा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी नायव निरिक्षक दिपेन्द्रकुमार किमाडीले लागुऔषध दुव्र्यशनीबारे परिचय, त्यसको असर, त्यससम्बन्धी भएका कानुनी व्यवस्था लगायतका बारेमा जानकारी दिएका थिए ।

सो अवसरमा बोल्दै प्राचार्य सितारामले लागुऔषध दुव्र्यसनी अहिले कैलाली र कञ्चनपुरमा जोखिम बढदै गएकाले अबका युवापुस्ताहरु सचेत हुन जरुरी रहेको बताए । उनले भने –‘कलिलो उमेरमा लागुऔषध दुव्र्यसनीमा फस्दा युवापुस्ताहरुले आफनो भविष्यलाई बर्बाद तर्फ लगिरहेका छन ।

यसको नियन्त्रणमा अब सुरक्षाकर्मी र सञ्चारकर्मीमात्र नभई सबै बर्ग, समुदाय सर्तक हुन जरुरी रहेको छ ।’त्येस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेपाल प्रत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष हिमाल जोशीले विद्यार्थीलाई सकारात्मक जीवनशैली अपनाउन र गलत संगतबाट टाढा रहन आग्रह गर्दै, यस्ता कार्यक्रमले दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गर्नुभयो।उनले भने लागूऔषध प्रयोगकर्तालाई लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने तथा यसको नकारात्मक असरबारे सचेतना जगाउँदै जानू पर्ने बताउनुभयो ।

समाजको परिकल्पनाको उद्देश्यसहितको सन्देशमूलक यस्ता कार्यक्रमले सराहनीय रहेको बताउनुभयो । व्यक्ति, परिवार, समाज मात्र नभई समग्र राष्ट्रको लागि नै गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यसन नियन्त्रण र निराकरणमा समयमै राज्य र सरोकारवाला एकजुट हुन आवश्यक रहेको उनले उल्लेख गरे।