यादव सिंह, कञ्चनपुर,

कञ्चनपुरको पुनर्वास नगरपालिकामा जातीय राजनीति उल्लेखनीय ढंगले हावी छ, यद्यपि प्रत्यक्ष रूपमा देखिँदैन। यो उम्मेदवार छनोट, मतदान प्रवृत्ति, र राजनीतिक ध्रुवीकरण मा अप्रत्यक्ष रूपमा बलियो असर पारिरहेको छ। जसमा विभिन्न समुदायको भूमिका के कस्तो छ त एकछिन चर्चा गरौं।

राना थारू समुदायको भूमिका :

राना थारू समुदाय पुनर्वासको स्थानीय जातीय समूह हो। यो समुदाय बाट राजनीति गर्ने हरुले आफ्नो पहिचान र अधिकारको मुद्दा उठाएको नाउमा राजनीति गरिरहेका छ्न। यो समुदायका उम्मेदवारहरूलाई यो समुदायका वस्तीमा बढी समर्थन मिल्ने देखिन्छ।

पहाडी आप्रवासी (ब्राह्मण, क्षेत्री, जनजाति) :

वि.सं २०२० सालपछि विभिन्न कारणले पहाडी क्षेत्रबाट पुनर्वासमा बसाइँसराइ गरेका समुदायहरू अहिले राजनीतिक नेतृत्वमा हावी छन्। यो समुदाय बाट राजनीति गर्ने हरुले जातीय परिचयका आधारमा आफ्नो समुदाय बाट प्रतिनिधित्व गर्ने उमेदवार हरुलाइ सघाउदै आएको देख्न सक्किन्छ ।

दलित र अन्य सीमान्तकृत समुदाय : 

दलित समुदायको राजनीतिक उपस्थिति बढ्दै छ, तर अझै पनि निर्णायक भूमिकामा पुग्न कठिनाइ छ । दलित समुदाय बाट राजनीति गर्ने राजनीतिज्ञहरुले जातका आधारमा आफ्नो समुदाय पछी परेको र आफुहरु माथि जातिय दमन भैरहेको भन्ने भावना लाई आफ्नो समुदायमा जोडतोड्ले स्थापित गरेको देख्न सकिन्छ । यो समुदाय बाट प्रतिनिधित्व गर्ने उमेदवार लाई यो समुदायले सघाइ रहेको देख्न सकिन्छ। जसका कारण उनिहरुलाइ नेतृत्वमा पुग्न सहज भएको छ।

जातीय राजनीति प्रत्यक्ष होइन, “सामाजिक समीकरण” का रूपमा छ। पुनर्वासमा खुल्ला रूपमा जातीय राजनीति गरिँदैन, तर भोट माग्ने बेलामा जातीय पहिचान, भेगिय पहिचान, समुदायको भावनालाई सक्रिय रूपमा प्रयोग गरिन्छ।

उदाहरणमा: जस्तै “हाम्रो जातको उम्मेदवार”, “हाम्रो बोल्ने भासा” हाम्रो समुदायका लागि लड्ने उमेदवार, हाम्रो पहिचान इत्यादि ।

यि सबैका कारण पुनर्वासमा जातीय राजनीति को अन्त्य गरि कुसल सक्षम नेतृत्व स्थापित गर्नु सपना मात्र होईन दिवा सपना भएको छ, तर पछिल्लो समय जेनजिन पुस्ता (नयाँ युवा पुस्ता) मा जोडतोडका साथ परिवर्तनको भावना देख्न सकिन्छ। जसले गर्दा पछिल्लो समय युवाहरुमा आसाका किरण पलाइरहेको छ। म स्वयम जातीय राजनीतिको अन्त्य गरि पुनर्वासमा कुसल नेतृत्व ल्याउने अभियानमा सक्रियताका साथ लागिरहेको छु ।

पछिल्लो समय यो दिवासपनालाई साकार गर्ने हाम्रो सामाजिक संजालको अभियानमा सयौं युवा हरु जोडिने क्रम जारि छ । पुनर्वासको जातीय राजनीतिमा युवा शक्तिहरुले हस्तक्षेप गर्न खोज्नु नै परिवर्तन को सम्भावना हो। हामि निरन्तर यस अभियानमा लागिरहेको छौ । हाम्रो दिवासपना एक न एकदिन साकार हुनेमा हामि बिश्वस्त छौ ।

 

परिवर्तनका लागि युवा, पुनर्वास

यादव सिंह ।

(यस लेखको सम्पूर्ण अधिकार लेखकप्रति समर्पित रहेको छ।)