कञ्चनपुरको दोदा नदीमा डु*बेर एक युवतीको ज्या*न गएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ दशरथवस्ती बस्ने अन्दाजी २०-२१ वर्षकी  एक युवतीको दोदा नदीमा डु*बेर मृ*त्यु भएको छ।
दशरथबस्ती निवासी नरपती खातीको छोरी कमला खातीको दोदा नदीमा डु*बेर मृ*त्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । मृ*तक कमला सुस्त मनस्थितिको रहेको खुल्न आएको प्रहरीले जनाएको छ । मृ*तक कमला विगत ३–४ दिनदेखि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य सकिएपछि मृ*तकको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।