पुनर्वास नगरपालिका, कञ्चनपुर स्थित आपताल बिओपी (APF Border Out Post) ले अवैध बोईलर कुखुरा र अण्डा बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी इञ्चार्ज प्रहरी निरीक्षक टिका रावलका अनुसार कारबाही क्रममा १ थान मोटरसाइकलमा लोड गरिएको १ क्विन्टल ५ किलो बोईलर कुखुरा र ८ कार्टुन अण्डा नियन्त्रणमा लिइएको हो। बरामद सामग्री जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालय बेलौरीका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको थियो।

मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी भन्सारमा चलान गरिने जानकारी इञ्चार्ज प्रहरी निरीक्षक टिका रावलले दिएका छन् । स्थानीयवासीका अनुसार यस किसिमका कारबाहीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार र कारोवार नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।