नेपाल ईट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । कञ्चनपुरको पुनर्वासमा भएको अधिवेशन मार्फत बलदेव सिंह बुडालको नेतृत्वमा पुन: नयाँ समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

नेपाल इट्टा उद्योग महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्ष बलदेव सिंह बुडाल, वरिष्ठ उपाध्यक्ष मुक्तिप्रसाद सुवेदी महासचिव सुरज श्रेष्ठ  र कोषाध्यक्ष नविन शर्मा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा खडक विक्रम थापा, दिलिपबहादुर चन्द र विष्णुदत्त पाण्डे सहित सात सदस्य समिति चयन भएको निर्वाचन मण्डल संयोजक मानबहादुर तामाङले जानकारी दिनुभयो ।