कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ*त्यु भएको छ भने दुई जना घा*इते भएका छन् । मङ्गलबार राति पुनर्वास–१० दोदा पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घ*टना हुँदा पुनर्वास–५ का १८ वर्षीय जयराम थापाको मृ*त्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १९ वर्षीय दिपक बयाडी र २३ वर्षीय भरत थापा घा*इते भएका छन् । उनिहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सागर बोहराका अनुसार सुपप्र ०१ ००८ प ४८०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घ*टना भको थियो । मृ*तक थापाले चलाएको मोटरसाइकलमा सवार घा*इते थापा र बयाडी उपचारकै क्रममा रहको र अहिले उनिहरुको अवस्था खतरा मुक्त रहेको जानकारी दिनुभयो ।

मृ*तक थापाको टाउकोमा ग*म्भीर चो*ट लागेको र उनको उपचारका क्रममा मृ*त्यु भएको प्रहरीले जनाएको छ ।