कञ्चनपुरको पुनर्वासमा करे*न्ट लागेर एकजनाको मृ*त्यु भएको छ। पुनर्वास– १ का ६२ वर्षीय चन्द्रदत्त गौतमको करे*न्ट लागेर मृ*त्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जानकारी दिएको छ। बेलौरी विद्युत वितरण केन्द्र अन्तर्गतको विद्युतको सर्भिस तार चुँडिएर बाटोमा खसेको अवस्थामा गौतमलाई करे*न्ट लागेको हो ।
भुईमा खसेको तारमा करे*न्ट प्रवाह भइरहेका बेला बाटो प्रयोग गर्दै गरेका गौतमलाई करे*न्ट लाग्दा घट*ना स्थलमै मृ*त्यु भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयको टोली घट*नास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख महेशविक्रम शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार मृ*तकको श*वलाई पोस्टमार्टमका लागि बेलौरी श्रीपुर स्वास्थ्य संस्थामा पठाइएको छ।