कञ्चनपुरको पुनर्वासमा धानमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा एकजना गम्भीर घाइते हुनुभएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ५ ग गाउँमा बस्ने अन्दाजी ३५/ ४० वर्षीय भगवती थापाको आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा गम्भीर घाइते हुनुभएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

घाइते थापाको टाउकोको माथिल्लो भाग भुइँमा झरेको स्थानीयले बताएका छन् । घाइते थापालाई तत्कालै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि अवस्था गम्भीर रहेको भन्दै लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।