कञ्चनपुरको पुनर्वास ११ अमर बस्तीमा बस्दै आएको पाख्रिन परिवारद्वारा शनिबार आयोजना गरिएको रक्तदान तथा आँखा परीक्षण शिविर सम्पन्न भएको छ। स्वर्गीय बुबा पहलमान तामाङ र स्वर्गीय आमा धनमाया तामाङको स्मृतिमा रक्तदान तथा आँखा परीक्षण शिविर सञ्चालन गरेको उहाँहरूका छोरा पूर्णबहादुर तामाङले जानकारी दिनुभयो

शनिबार सम्पन्न रक्तदान तथा आँखा परीक्षण शिविरको प्रमुख उद्देश्य समाजमा स्वास्थ्य र रक्तदानको महत्वबारे जनचेतना फैलाउनु रहेको बताउनुभयो ।

उक्त शिविरमा ८२ जनाले रक्तदान गरेका थिए भने २ सय ३४ जनाले आँखाको परीक्षण गराएका थिए । आँखाका परीक्षण गराएकाहरूमध्ये ३० जनाको थप उपचार सँगै आँखाको अप्रेसन गर्नुपर्ने भेटिएको तामाङले जानकारी दिनुभयो ।

शिविरमा स्थानीय बासिन्दाहरूले उत्साहका साथ रक्तदान गर्नुका साथै आँखा परीक्षण पनि गराएका थिए । पाख्रिन परिवारले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

यसैबीच भोलि (आइतबार) पुनर्वास ४ को वडा कार्यालयको आयोजनामा रक्तदान कार्यक्रममा आयोजना हुन गइरहेको पुनर्वास ४ का वडा अध्यक्ष मनोज जैसीले जानकारी दिनुभयो