कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट एक महिला चार दिनदेखि हराइरहेकी छन् । पुनर्वास नगरपालिका–६ निवासी रमेश अधिकारीकी श्रीमती मिना अधिकारी विगत चार दिनदेखि हराउनुभएको हो ।

परिवारका अनुसार उहाँ अचानक घरबाट बेपत्ता भएपनि अहिलेसम्म कुनै सम्पर्क हुन नसकेको मिनाका श्रीमान रमेश अधिकारीले जानकारी दिनुभयो ।

श्रीमती हराएपछि रमेश यतिबेला विक्षिप्त बनेका छन् । स्थानीयका अनुसार रमेश पछिल्ला चार दिनदेखि रोइरहेका छन् । उनी घरि घरि बेहोस जस्तै अवस्थामा पुग्ने, कतिबेला उठ्ने बस्ने गर्ने गरेको स्थानीय बताउँछन् । उनले खाना समेत खाएको छैनन् ।

परिवारका सदस्यहरूले मिना अधिकारीलाई सम्भव भएसम्म फर्केर श्रीमान् र छोराछोरीलाई भेट्न आग्रह गरेका छन् ।

“रमेशको अवस्था निकै दयनीय छ, उनी सोझा र मिहिनेती मान्छे हुन् । उनलाई अरु केही थाहा छैन, केवल मिना फर्किऊन् भन्ने एकै कुरा दोहोर्याइरहेका छन्,” जीवनज्योती माविका प्रधानाध्यापक भरत बस्नेतले फेसबुकमा लेख्नुभएको छ ।

स्थानीय बासिन्दा तथा छर छिमेकहरूले पनि मिना अधिकारीलाई देख्ने वा जानकारी पाउने जो–कसैलाई छिटो भन्दा छिटो परिवारसँग सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।