शनिबार आफ्नै घरमा थ्रेसर लगाउने क्रममा पट्टामा कपाल बेरिदा गम्भीर घाइते हुनुभएकी पुनर्वास ५ को भगवती थापाको उपचारको क्रममा मृत्यु भएको छ ।

आजभन्दा ४५ दिन पहिले हरितालिका तीजको दिनमा उहाँको छोराको समेत बाइक एक्सिडेन्टमा परे मृत्यु भएको थियो ।

मृतक थापाको टाउकोको माथिल्लो भाग भुइँमा झरेको स्थानीयले बताएका थिए । घाइते थापालाई शनिबार नै धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि अवस्था गम्भीर रहेको भन्दै लखनउ रिफर गरिएको थियो । उहाँको लखनउमा उपचारको क्रममा मृत्यु भएको छ।