कैलाली उद्योग बाणिज्य संघको नब निर्वाचित कार्यसमितिको सपथ ग्रहण सम्पन्न भएको छ । संघका निबर्तमान अध्यक्ष पुष्पराज कुवरको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक पदम कुवरले नव निर्वाचित पदाधिकारि सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि नेपाल उधोग बाणिज्य महासंघ जिल्ला नगर तर्फका उपाध्यक्ष श्रीकृष्ण बैध, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्द, भारतीय पाहुना पलिया ब्यापार मण्डलका अध्यक्ष अनुप मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

पहिलो बैठको ३ निर्णय :

कैलाली उद्योग बाणिज्य संघको नब निर्वाचित कार्यसमितिको पहिलो बैठकबाट निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सम्पुर्ण मतदाता, ब्यबसायी, सुरक्षा निकाय, पत्रकार, निर्वाचन कमिटि लगायतका सम्पुर्ण सहयोगिहरुलाई धन्यबाद ज्ञापन गर्ने, व्यवसायीहरुको एकलाख रुपैया बराबरको दुर्घटना बिमा र समितिको बैठक हरेक महिनाको ५ गते नियमित बस्ने निर्णय भएको अध्यक्ष पुष्कर ओझाले बताए ।

आज सपथ ग्रहण पछि बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो ।