“भोकालाई एकछाक भोजन होइन, जिउने जुक्ति सिकाउ” भन्ने मुल नाराका साथ धनगढीमा तीन दिने हेफर आधारशिला तालिम सम्पन्न भएको छ ।

कृषि र पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास परियोजनाको आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत अनुगमन तथा समन्वय समितीका सदस्यहरुलाई उक्त तालिम प्रदान गरिएको हेफर ईन्टरनेशनल नेपालका क्षेत्रिय कार्यक्रम प्रबन्धक प्रकाश केसिले जानकारी दिनुभयो । हेफर ईन्टरनेशनल नेपाल र पुनर्वास नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको सहजीकरण र निड्स नेपालको साझेदारीमा उक्त कार्यक्रम गरिएको थियो ।

उक्त तालिम समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले हेफर प्रोजेक्ट नेपाल र पुनर्वास नगरपालिकाको समन्वयमा पालिकामा धेरै नै काम भएको बताउनुभयो । कृषि र पशु बिकासमा आधारित रहेर पालिका भित्रका साना किसान तथा युवा उद्यमीहरु जिवनमा परिवर्तन ल्याउन यसले निकै महत्त्वपूर्ण भुमिका खेलेको उहाले बताउनुभयो ।

यहां सिकेको कुरा वडा वडामा गएर सिकाउनुका साथै कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वडागत समूहहरूले के कसरी काम गरी रहेको छ, त्यो बुझ्न आवश्यक रहेको उहाँले बताउनुभयो । काम धेरै भएपनि, त्यो देखाउन नसक्नु दुखद रहेको बताउँदै स्थानीय स्तरमा भएका स-साना परिवर्तनहरु देखाउन जरुरी रहेको उहाँले बताउनु भयो । वडा स्तरमा भएका समूहहरूलाई अपनत्व कायम गर्दै अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

तालीममा पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा कर्मचारी र साझेदार सस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।