धनगढीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका-७ को देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जोशीको राति घरमै श्रीमान् डम्मराज जोशीले हत्या गरेको बताए । उनका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा जोशी घरमै मृत भेटिएकी थिइन् । प्रहरीका अनुसार पूर्वशिक्षक समेत रहेका जोशी घटनापछि फरार भएका छन् ।

राति बुवाले आमाको हत्या गरेपछि छोराले छिमेकीलाई खबर गरेका थिए । त्यसपछि करिब १ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो । सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।