कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० मा रहेको बोर्डर आउट पोस्ट बि.ओ.पी दोधाको सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। आइतबार समितिले तीनवटा निर्णय गर्दै पुनर्वास १० का वडाध्यक्ष सुकदेव रानाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले प्रत्येक महिनाको १ पटक सीमा सहजीकरण समितिले जिम्मेवार सीमा क्षेत्रको अनुगमन तथा रेखदेख गर्ने निर्णय गरेको बीओपी दोधाले जनाएको छ। यस्तै सीमा इलाकाबाट हुने अवैध चोरी तस्करी, निकासी पैठारी लाई नियन्त्रणका लागि स्थानीय निकाय, नागरिक तथा सरोकारवाला सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गर्ने निर्णय गरिएको छ ।

यस्तै सीमा सहजीकरण समितिको बैठकबाट सीमा ईलाकामा अवस्थित सीमावासीहरुसँग आगलागी तथा डढेलो जन्य विपद व्यवस्थापन सम्बधी जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय बिपद सुचक स्वयंसेवकहरुलाई परिचालन गर्ने निर्णय गरिएको बीओपी दोधाले जनाएको छ।

बैठकमा समितिका सदस्यहरू, स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो।