कञ्चनपुरको पुनर्वासमा इट्टाभट्टामा काम गर्ने दुई जना भारतीय नागरिकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पुनर्वास ७ स्थित न्यू जनता इट्टा टायल उद्योग प्रा.ली.मा काम गर्दै आएका पथेराहरुको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले दिएको जानकारी अनुसार उनीहरूको नाम खुलेको छैन।

ट्याक्टरमा जोडेको ट्याङ्करको ठक्करबाट दुईजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि उपचारको क्रममा सेती प्रादेशिक अस्पताल र नवजीवन अस्पतालमा १-१ जनाको मृत्यु भएको छ भने घाइते थप एकजनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म ट्याक्टरमा जोडेको ट्याङ्कर कसले चलाएको भन्ने नखुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जानकारी दिएको छ।