कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा संजाल पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । लालझाँडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बालिका तथा समावेशी शिक्षा सम्वन्धी प्रस्तुतीकरणमा सहजीकरण गरेका हुन् ।

लालझाँडी गाउँपालिका र पिपुल इन नीड नेपाल बिच एक्सेस परियोजनाको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिनुका साथै परियोजानाका सल्लाहकार समिती समेत गठन गरिएको हो।परियोजना युरोपियन युनियनको आर्थिक सहयोग, पिपुुल इन नीड नेपाल (पीन)को प्राविधिक सहयोग, एकाउन्टीबिलीटि ल्याब नेपाल, नेपाल अपाङ्गता महिला सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा भइरहेको छ ।

गाउँपालिकाका अध्यक्ष निर्मल रानाले शिक्षाको क्षेत्रमा पञ्चबर्षिय योजना बनाएर अघि बढेको बताउदै त्यसलाई पूूर्नगठन गरेर अघि बढ्ने बताएका छन् । गाउँपालिकाका उपाध्यक्ष सपना कुमारी चौधरी रानाले यस कार्यक्रमले शिक्षा क्षेत्रमा काम गर्न अझै सहयोग पुग्नेमा बिस्वास व्यक्त गरिन् । एक्सेस परियोजनाका बारेमा प्रस्तुतीकरण पिपुुल इन नीडका सुदूरपश्चिम प्रदेशका संयोजक पशुपति चौधरीले गरेका हुन्। पालिका भित्रको शिक्षा प्रणालीलाई समावेशी शिक्षाको रूपमा अघि बढाई गुणस्तरीय बनाउन एक्सेस परियोजना अन्तर्गत काम सुरु भएको   छ ।

कार्यक्रम सञ्चालन एकाउन्टीबिलीटि ल्याब नेपालका परियोजना जिल्ला संयोजक गंगा भण्डारीले गरेका हुन् ।