कञ्चनपुर जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भीमदत्त नगरपालिका प्रथम, कृष्णपुर नगरपालिक दाेस्राे भएको छ भने बेदकाेट नगरपालिकाले तेस्रो स्थान हात पारेका छन् ।

२३ स्वर्ण , १२ रजत र १० काश्य सहित ४५ वटा पदक जित्दै भीमदत्त नगरपालिका प्रथम भएको हो । यस्तै दोस्रो हुने कृष्णपुर नगरपालिकाले १५ स्वर्ण ६ रजत र १२ काश्य सहित ३३ पदक जितेको छ ।  यस्तै तृतीय स्थान हासिल गर्ने बेदकोट नगरपालिकले १० स्वर्ण १३ रजत र ११ काश्य सहित ३४ पदक जितेको छ भने सात स्वर्ण १३ रजत र नौ काश्य सहित २९ पदक जित्दै पुनर्वास नगरपालिका चौथो भएको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा पाँचौं स्थानमा शुक्लाफाँटाले जीत निकालेको छ । शुक्लाफाटाले सात स्वर्ण आठ रजत र १२ काश्य सहित २७ पदकमा जित निकालेको छ। यस्तै छैठौं स्थानका लागि दुई स्वर्ण सात रजत र ८ काश्य सहित १८ पदक जित्दै दोधारा चाँदनी नगरपालिकाले आफ्नो सिट सुरक्षित गरेको छ।

बेलौरी नगरपालिकाले एक स्वर्ण आठ काश्य सहित ९ पदक सहित सातौँ स्थान हासिल गरेको छ भने लालझाडी र बेलडाँडी गाउँपालिकाले कुनै पनि स्वर्ण जित्न सकेनन् । तर बेलडाँडीले ३ रजत र ५ काश्य सहित ८ पदकमा जित निकाल्दै आठौं स्थान सुरक्षित गरेको छ। भने एक रजत र ६ काश्य सहित ७ पदक जित्दै लालझाडी गाउँपालिका अन्तिम स्थानमा छ ।