कञ्चनपुरको पुनर्वासमा जारी तिन दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालीम सम्पन्न भएको छ । पुनर्वास–८ मा रहेको पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडले आफ्ना संस्थाका सञ्चालक समिति, लेखा समिति र अन्य उपसमिति र सेयर सदस्यहरूलाई उक्त तालीम दिएको हो । शनिवार एक कार्यक्रमका बिच पुनर्वास नगरपालिकाको योजना तथा सहकारी शाखा प्रमुख शंकर बोगटीको प्रमुख आतिथ्तामा उक्त तालिम समापन गरीएको छ ।

तिन दिने सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिमको समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाको योजना तथा सहकारी शाखा प्रमुख शंकर बोगटीले महिला दिदि बहिनीहरुले मिलेर सहकारी चलाएको देख्दा गर्ब महशुस भएको बताउनुभयो । उहाँले आफुले सहकारी शाखाको जीम्मेवारी पाएको धेरै समय नभएको बताउदै अबका दिनमा सहकारी, स्थानीय सरकार मिलेर काम गर्ने बताउनुभयो । सहकारी चलाउदा अवसर र चुनौती दुबै भएकाले समयको माग अनुसार चल्नु पर्नेमा उहाँले सुझाव समेत दिनुभयो ।


यस्तै कार्यक्रममा बोल्दै पृथ्वी पशुपालन महिला सहकारी संस्था लिमिटेडको अध्यक्ष निर्मला बिष्टले सहकारीलाई सबल र सफल रुपमा अघि बढाउन सम्पुर्ण पक्षको सहयोग चाहिने बताउनुभयो । सहकारीले महिलाहरूको सशक्तीकरण र आर्थिक सुधारका लागि निरन्तर पहल गर्दै आएको उहाँले बताउनुभयो । सहकारीले शेयर सदस्यहरुको भरोशा कायम राखी आजको दिनमा एक÷दुई रुपैया जम्मा गरी गरेको बचतमा केही गलत मनासयले सहकारीमा बसेर रिन लिई नतिर्ने गरेको प्रति उहाँले दुःख ब्यक्त गर्नुभयो ।


तालीममा तिन दिनको अवधीमा झण्डै १ सय २० जनाको सहभागीता रहेको थियो । तालीममा कारीतास नेपाल कञ्चनपुरका सयोजक थेगुरा चौधरी प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सहकारीको ब्यवस्थापक पुष्पा कुमारी रोकायाले गर्नुभएको थियो ।