कञ्चनपुरको पुनर्वास नगरपालिका–९ धनसिंहामा प्रहरीले अवैध सिसमको काठ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डाकंकडबाट खटिएको संयुक्त प्रहरी टोलीले काठ बरामद गरेको हो।

प्रहरीका अनुसार पुनर्वास–९ धनसिंहाका ३९ वर्षीय ऐन बहादुर शाहीको टहराबाट अवैध रूपमा राखिएको सिसम जातको १७.५५ क्युबिक फिट काठ फेला परेको हो। बरामद काठको अनुमानित मूल्य २५ हजार रुपैँया रहेको प्रहरीले जनाएको छ।

प्रहरीले काठ फेला पारी सम्बन्धित व्यक्ति सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय, पचकडिया, कञ्चनपुरमा बुझाएको जनाएको छ।