काठमाडौंमा चलीरहेको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड बिचको महिला टी–२० आई शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार (आज) थाइल्याण्डसँग खेल्ने छ । आजको खेल दिउँसो सँवा १२ बजेदेखि त्रिभुवन विश्व ब्द्यिालयको क्रिकेट मैदान हुँदैछ । नेपालको कप्तानमा इन्दु बर्माले गर्ने छिन् भने थाइल्याण्डको कप्तानमा नारुमोल चाइवाइ छन् ।
शृंखलाकै अन्तिम खेलको रूपमा रहेको यस खेलपछि उपाधि विजेताको टुंगो लाग्नेछ । हालसम्म जितविहीन रहेको नेपाल उपाधि होडबाट बाहिरिसकेको छ । नेदरल्याण्ड्स र थाइल्याण्ड समान ४–४ जित सहित उपाधि होडमा छन् । शुक्रबार थाइल्याण्डले नेपाललाई हराएमा थाइल्याण्डले उपाधि जित्नेछ ।
आजको खेलमा नेपाल थाइल्याण्डलाई हराउँदै सान्त्वना जित निकाल्ने लक्ष्यमा रहनेछ । यदी नेपालले फराकिलो जित निकालेमा नेदरल्याण्ड्सको पनि उपाधि जित्ने सम्भावना रहन्छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदा सम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने प्रावधान छ ।
नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय, रचना कुमारी चौधरी र ईश्वरी विष्ट रहेका छन् ।