कैलाली: बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा ल्याएको छ । नागरिकको निधन भएपछि आर्यघाटसम्म लैजान गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा ल्याएको हो। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागि महाप्रस्थान यानको सेवा निकै प्रभावकारी हुने बताउनुभयो । उहाँले महाप्रस्थान यान सञ्चालन गरेसँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने पालिकाले निर्णय गरेको र तुरुन्तै लागु गरीने समेत बताउनुभयो । निशुल्क शव बाहान र किरिया खर्च बापत दश हजार पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही राहातको काम हुने अपेक्षा गरिएको छ।