काठमाडौं : नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक  प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको   छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।

को को परे त बढुवामा? सुची हेर्नुहोस् ।