“खेल खेलौँ स्वास्थ्य रहौँ” भन्ने मुल नाराका साथ कञ्चनपुरको पुनर्वासमा जारी “जेष्ठ नागरिक स्मृती एवम् सम्मान मेयर कप २०८१” मा आइतबार भएको पहिलो खेलमा कञ्चन जाइ युथ कल्ब (केजेवाइसी) लालझाडी–४ लाई ट्रइबेकरमा हराउदै दशरथ युवा क्लब पुनर्वास–२ बिजयी भएको छ । निर्धारीत समयमा २–२ गोलको बराबरी खेलेका क्लवहरु पछी ट्रइबेकरमा पुगेको थियो ।

यस्तै दोस्रो खेलमा आयोजक पुनर्वास ३ खेलकुद विकास समिति (योङ्ग) ले ३–० को फराकिलो अन्तरमा त्रिभुबन युवा क्लब (टीवाइसी) पुनर्वास–६ लाई हराउदै जित हात पार्न सफल भयो । जितका लागी पुनर्वास ३ खेलकुद विकास समिति (योङ्ग) का खेलाडी प्रेम तामाङ, केशब तामाङ र बिसाल तामाङले क्रमशः एक–एक गोल गर्दैै आफ्नो टिमलाई जित दिलाए ।

सोमबार पहिलो खेल दिउसो १ बजे सिद्धार्थ युवा क्लब (निलो ) पुनर्वास–७ र नवदोय युवा क्लब पुनर्वास– ९ बिच हुने छ । भने दोस्रो खेल दिउसो ३ बजे खुल्ला भेट्रान तर्फ फाफ्ला स्पोर्टश भेट्रान धनगढी र न्यु बिरेन्द्र युवा क्लब पुनर्वास– १ बिच हुने आयोजकले जनाएको छ ।