कञ्चनपुरको पुनर्वासमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर हुने भएको छ । पुनर्वास नगरपालिका, विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल र पुनस्र्थापन केन्द्र (ज्च्म्ऋ) बनेपा काभ्रेपलाञ्चोक संगको संयुक्त आयोजनामा घुम्ती शिविर हुने भएको हो । यहि फाल्गुन २२ गते बिहिबार पालिकाको हलमा शिबिर आयोजना हुने पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताउनुभयो ।

घुम्ति शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरु एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा नजोडिएको खुट्टा लुलो र कमजोर भएको लगायतको उपचार गरीन्छ । यस्तै ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पाँङग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएकाहरुले पनी शिविरको फाइदा लिन सक्ने छन् ।

यस्तै हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि. रोग लागेको, औलाहरु एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको तथा अन्य हाडजोर्नी सम्बन्धी समस्या भएकाहरुले पनी शिबिरमा उपचार गरीन्छ । साथै सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरु, जन्मिदै ओठ तथा तालु फाटेको, गिजामा प्वाल भएका, नाक बाड्ङ्गो भएकाहरुको शिबिरमा बिशेष उपचार गर्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख धामीले बताउनुभयो ।