कञ्चनपुरको पुनर्वासमा वन डढेलो पूर्व तयारी तथा वन संरक्षण व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ। कुण्डा सबडिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा अन्तरक्रिया भएको हो। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले वनजङ्गल संरक्षणमा हामी सबैको दायित्व रहेको बताउनुभयो। आवश्यक परेमात्र दाउरा जन्य वस्तु स्याउला घाँस खोजी नगरेर विपदको समयमा पनि वनजंगल संरक्षणमा सबैजना एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो गर्मीयाममा वनजङ्गलमा डडेलो लगाउने क्रियाकलापहरू बढ्दै गएकाले पनि सामुदायिक वनकर्मीहरू लाई अझ सशक्त भएर वन संरक्षणमा लाग्न उहाँले आग्रह गर्नुभयो।


यस्तै कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका प्रमुख रामविचारी यादवले वन ऐन लगायत का विषयमा सहभागीहरूलाई जानकारी गराउनुभयो । उहाँले गर्मीयाम बढेसँगै वन क्षेत्रमा डडेलो बढ्दै जाने भएकाले डडेलो प्राकृतिक र मानवीय कारणले लाग्ने हुँदा डडेल नियन्त्रणमा वन कार्यालय सचेत रहेको बताउनुभयो। सम्भावित जोखिम हुनसक्ने क्षेत्र पहिचान गर्नुका साथै जङ्गलमा फारलाइन निर्माण गरिरहेको उहाँले जानकारी दिनुभयो .।

यस्तै कार्यक्रममा बोल्दै कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले सामुदायिक वन स्थानीय र वनकर्मीको सहभागिताका कारण अहिलेसम्म आफ्नो क्षेत्रमा कुनै पनि किसिमका घटना नभएको जानकारी गराउनुभयो अबका दिनमा पनि त्यस्ता घटनाहुन नदिन का लागि आफू र आफ्नो मातहतका सम्पूर्ण सामुदायिक वनका पदाधिकारीहरूलाई सचेत बनाइरहेको बताउनुभयो। कार्यक्रममा कुण्डा सबडिभिजन वन कार्यालय अन्तर्गतका सम्पूर्ण सामुदायिक वनका प्रतिनिधि वनकर्मी पत्रकार स्थानीय लगायतको उपस्थिति रहेको थियो।