“मर्यादित सहकारी समुन्नत समाज” भन्ने मुल नारा सहित कञ्चनपुरको पुनर्वासमा ६८ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । बुधबार पुनर्वास नगरपालीकाकोे आयोजनामा पुनर्वा भित्रका ५४ सहकारीको सहभागितामा ६८ औं राष्ट्रिय सहकारी दिवस मनाईएको हो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नगर उपप्रमुख भुलीया कुमारी रानाले सहकारीलाई अफिसियल मात्रै नबनाउन आग्रह गर्नुभयो । शेयर सदस्यलाई साधारण सभाको दिन ५ सय रुपैया दिएर मात्रै नहुने बताउदै अब सहकारीले समाजीक कार्यमा योगदान दिन जरुरी रहेको उहाँले बताउनुभयो । स्थानीय स्तरमा कार्ययोजना मात्रै बनाउने तर कर्यान्वयन नगरेको भन्दै एकपटक सबैले आआफ्नो ठाउँबाट काम गरेर हेरे पक्कै सफल भइने उहाँ बताउनुहुन्छ । साथै सहकारीलाई उत्पादन मुलक क्षेत्रमा जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

पुनर्वास नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत शिबराज भट्टको संयोजकत्वमा ६८ औं राष्ट्रिय सहकारी दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै ६८ औं राष्ट्रिय सहकारी दिवसका संयोजक शिबराज भट्टले नेपालमा सहकारी २०१३ मा स्थापना भएपनी परापुर्व कालबाट नै यसको सुरुवात भएको बताउनुभयो । सहकारीलाई नियमन गर्न बिभिन्न समयमा ऐनहरु परिमार्जीत हुदै आएको उहाँले बताउनुभयो ।

त्यस्तै कार्यक्रमका पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख धौलराम सार्कीले सहकारी सञ्चालन ऐन, नियमको परिधिमा रहेर सञ्चालक समिति र कर्मचारीलाई काम गर्न अनुरोध गर्नुभयो । कार्यक्रमको बिशिष्ट अतिथीमा केन्द्रिय दुग्ध सहकारी संघका सञ्चालक सदस्य भरत बिष्ट, प्रदेश बचत तथा रिण संघका सचिब डिल्ली प्रसाद शर्मा रहनु भएको थियो ।

यस्तै केन्द्रिय दुग्ध सहकारी संघका लेखा सदस्य परशुराम बिश्वकर्मा र बहुउद्देशीय संघ कञ्चनपुरका उपाध्यक्ष दान बहादुर रावल कार्यक्रमको बिशिष्ट अतिथी रहनु भएको थियो । विभिन्न सहकारीका अध्यक्ष तथा व्यवस्थापक अतिथी दिर्घामा आसिन हुनु भएको थियो । सहकारीकर्मीहरुको बाक्लो सहभागिता रहेको कार्यक्रमको सञ्चालन नगरस्तरीय सहकारी समन्वय समितिका सचिव एककुमार श्रेष्ठले गर्नु भएको थियो ।