“सिप सिकौँ आत्मनिर्भर बनौँ” भन्ने मुल नाराका साथ पुनर्वासमा ब्यवसायिक दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत पुनर्वासको उद्यम बिकास शाखाको आयोजनामा दुना टपरी बनाउने तालिम गरिएको हो । पुनर्वास ११ कोे महिला समुहलाई सो तालीम दिनुका साथै दुना टपरी बनाउने मेसीन, सामाग्रीहरु हस्तान्तरण गरीएको पालिकाको उधम बिकास शाखाले जनाएको छ । तालिम चैत्र १४ देखि संचालन भएको थियो ।

तालीमको समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले दुना टपरी बनाउन गाउँघरमै रुखको पातहरु सजिलै पाइने भएकाले कुनै समस्या नहुने बताउनुभयो । महिला समुहले फुर्संदको समयलाई निकालेर काम गर्न मिल्नुका साथै र पात खोज्न टाढा जान नपर्ने भएकाले पनी दुना टपरी उद्योग सञ्चालन गरेर मनग्य आम्दानी गर्न सक्ने बताउनुभयो

यस्तै कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका अधिकृत कृष्ण भट्टले महिला समुहले राम्रो संग उद्योग सञ्चालन गरे छिट्टै नै उद्योग सञ्चालन गर्न आवश्यक हल निर्माणका लागी बजेट विनियोजन गर्ने बताउनुभयोे । उहाँले पलास्टीकका थाल, बोटुका, चम्चा लगायतका साग्रीहरुले बाताबरणमा असर पुराउने र सालको पात बाट बनेको दु्नाटपरी कुहीएर मल बन्ने हुदा बाताबरणमा कुनै असर नगर्ने जानकारी दिनुभयो ।

यस्तै कार्यक्रमा सहभागीहरुले तालीम अबधीमा बनाएको टपरीहरुको माग आइरहेको बताएका छन् । गाउँघरमै बिहे, पुजाहरुमा टपरी आवश्यक भइरहेको उनिहरुले बताएका छन् । दुना टपरी बनाउने तालीममा सहभागीहरुले तालीमबाट आफुहरु सिपयुक्त बन्न सकेको बताएका छन् । आफुहरुले सामुहीक रुपमा तालीम लिएकाले कामको बाडफाँडमा पनी कुनै समस्या नहुने बताका छन् ।

 

तालीम समापन समारोहमा बोल्दै पुनर्वास ११ का वार्ड अध्यक्ष तुलसी अर्यालले वडामा विभिन्न तालीम दिएको भएपनी प्रतिफल शुन्य भएका बताउनुभयो । महिलाहरुमा एकता र काम गर्न अग्रसर देखीएकाले पनी तालीममा सहभागीहरुलाई दुना टपरी उद्योग नै सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

दुना टपरी बनाउने तालिमको प्रशिक्षक भावना पुलामी मगर रहनु भएको थियो । यस्तै तालिममा २५ जना सहभागी रहनु भएको थियो । अबको ६ महिना भित्र पुनर्वासमा हुने बिभिन्न कार्यहरु, चाडपर्बमा पलास्टीकका थाल, बोटुकाको अन्त्य गर्दै सालको पातका दुना टपरी घरघरमा पुराउने लक्ष्यका साथ काम गर्न पुनर्वास ११ को वडा कार्यालयले आग्रह गरेको छ ।