कञ्चनपरको पुनर्वास ११ अमरवस्तीमा रहेको श्री राष्ट्रिय माध्यामिक बिद्यालयले शैक्षिकसत्र २०८२ देखी अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गर्ने भएको छ । सोमबार बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षहरुकोे संयुक्त बैठकले नयाँ शैक्षिकसत्र देखी अंग्रेजी माध्यामबाट पठनपाठन गर्ने निर्णय गरेको हो ।


पहिलो बर्ष भएकाले बिद्यालयले नर्सरी नाम दिएर छुट्टै नै कक्षा सञ्चालन गर्ने योजना बनाएको बिद्यालयका प्रधानाध्यापक नवराज पाण्डेयले बताउनुभयो । यसै बर्ष नै कक्षा एक र कक्षा नौ मा समेत अंग्रेजी माध्यामबाट पठनपाठन सुरु गर्ने निर्णय गरीएको उहाँले बताउनुभयो ।

शिक्षक आन्दोलनका कारण बिद्यार्थीको नतिजा प्रकासन गर्न नपाएको बताउदै उहाँले नयाँ भर्ना गर्न आउने बिद्यार्थीहरुको भर्ना नरोकिने बताउनुभयो । उहाँले छिट्टै नै भर्ना अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो ।