कञ्चनपुरको पुनर्वासमा किसानहरुलाई बोका र बाख्रा बितरण गरीएको छ । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्धारा सञ्चालित कृषी र पशु बिकासमा आधारीत ‘साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत पालिका भित्रका महिला स्वावलम्बन समूहमा आवद्ध किसान परिवारलाई बाख्रा र बोका वितरण गरिएको हो । सोमबार मात्रै कार्यक्रममा १८ वटा प्रजनन योग्य बोका र १३ वटा बाख्रा वितरण गरीएको छ ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले साना किसानलाई व्यवसायिक बनाउने लक्ष्य सहित बाख्रा र बोका बितरण गरएको बताउनुयो । वितरण गरिएका बाख्रा र बोकाहरू उन्नत जातका प्रजनन योग्य रहेको बताउदै जसले उत्पादन क्षमतामा वृद्धि ल्याउने अपेक्षा गरको उहाँ बताउनुहुन्छ ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले कृषिमा आधारित आयआर्जनका कार्यक्रमहरूले महिला तथा युवाहरूको आर्थिक समावेशीतामा महत्वपूर्ण भूमिका खेलेको बतउनुभयोे । पलिकाले दीर्घकालीन सोचका साथ उन्नत प्रजनन व्यवस्था मार्फत स्थानीय जातका बाख्राको गुणस्तर सुधार गर्ने र किसानहरूको आम्दानी वृद्धि गर्नका लागि काम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै निड्स नेपालका सह कार्यकारी निर्देशक प्रकासचन्द्र मडैले पालीकामा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कार्यक्रम भएयता १ सय ५६ परिवारलाई बाख्रा र ३७ परिवारलाई प्रजनन योग्य बोका बितरण गरीसकेको बताउनभयो । साना किसानहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरीएको उहाँले बताउनुभयो । कृषिमा आधारित व्यवसायिक सोचको विकास गर्न, विशेषगरी महिला, दलित, जनजाति र आर्थिक रूपमा पछाडि परेका वर्गलाई प्राथमिकता दिएर काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

पुनर्वास नगरपालिका भित्र सञ्चालित साना किसान उद्यमशीलता विकास कार्यक्रमले बाख्रापालनको माध्यमबाट ग्रामीण जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने संकेत देखिएको छ । महिला समूहलाई केन्द्रमा राखेर गरिएको यो प्रयासले आर्थिक सशक्तीकरण र सामुदायिक विकासमा योगदान पुराउने विश्वास गरिएको छ ।