नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनर्वास पुग्नु भएको छ । पार्टिले सञ्चालन गरेको राष्ट्रियस्तरको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत उहाँ पुनर्वास पुग्नु भएको हो । सोही कार्यक्रमका दौरानमा पुनर्वास पुग्नु भएका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ ।

अभिनन्दन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आफुले यस क्षेत्रको बिकासका निम्ती एउटा टेक्नीकल इन्स्ट्रीच्युट स्थापना गर्न भारत सरकार संग कुरा गरेको बताउनुभयो । पुनर्वासमा आवश्यक जमीन रहेको बताउदै उहाँले यस बिषयमा यहाँका प्रमुख राजनितिक दलसंग छलफल गरेको बताउनुभयो । पुनर्वासमा टेक्नीकल इन्स्ट्रीच्युट स्थापना गर्ने प्रकृयामा रहेको बताउदै भारत सरकार संग आफुले कुरा गरेको बताउनुभयो । उहाँले पुनर्वासमा टेक्नीकल इन्स्ट्रीच्युट स्थापना गर्ने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।

स्वागत तथा अभिनन्दन कार्यक्रम सकेर पार्टि अध्यक्ष सहितको टिम पुनर्वास २ मोतीबस्तीमा बस्नेछ । बुधबार बिहान जनता संग मर्निङ वाक र ८ बजे शहिद, बेपत्ता परिबारका सदस्यहरुको भेटघाट कार्यक्रम संगै सो टीम बेलौरी जाने कार्यक्रम तय भएको छ ।
झापाको कचनकवलबाट गत फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको यो अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न जिल्ला पार गरेर कञ्चनपुरमा समापन हुन लागेको हो ।