नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनर्वास पुग्नु भएको छ । पार्टिले सञ्चालन गरेको राष्ट्रियस्तरको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत उहाँ पुनर्वास पुग्नु भएको हो । सोही कार्यक्रमका दौरानमा पुनर्वास पुग्नु भएका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि प्रचण्ड सहितको टिमलाई पुनर्वास नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ ।

अभिनन्दन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले
सुकुम्बासी समस्याहरु अवगत रहेको बताउदै उहाँले राष्ट्रिय आवास कम्पनी संगको काम तथा लालपुर्जा बितरणमा रहेको प्राविधिक र कानुनी जटिलता प्रति लामो समय देखी छलफल चल्दै आएको बताउनुभयो । पालिकाले गरेका मागहरु लगायत यस क्षेत्रमा देखीएका समस्या समाधानका लागी आफु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

स्वागत तथा अभिनन्दन कार्यक्रम सकेर पार्टि अध्यक्ष सहितको टिम पुनर्वास २ मोतीबस्तीमा बस्नेछ । बुधबार बिहान जनता संग मर्निङ वाक र ८ बजे शहिद, बेपत्ता परिबारका सदस्यहरुको भेटघाट कार्यक्रम संगै सो टीम बेलौरी जाने कार्यक्रम तय भएको छ ।
झापाको कचनकवलबाट गत फागुन १२ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको यो अभियान पूर्व–पश्चिम लोकमार्ग र हुलाकी राजमार्ग हुँदै देशका विभिन्न जिल्ला पार गरेर कञ्चनपुरमा समापन हुन लागेको हो ।