कञ्चनपुरको पुनर्वासमा पुराना समितिका सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको पाँच दिने आधारभूत तालिम सम्पन्न भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम आइतबार देखि सुरु भएको थियो ।

तालिम समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलीया कुमारी रानाले सहभागीहरूलाई तालिममा सिकेका सीपहरू व्यवहारमा उतारी समुदायको हितमा प्रयोग गर्न आग्रह गर्नुभयो । तालिम लिई सकेपछि व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उहाँले घर परिवर्तनको जग आमा भएको र आमाले चाहे जे पनी गर्न सक्ने बताउनुभयो । पछिल्लो समय छोराछोरीहरु कुलतमा फस्ने क्रम बढ्दै गएको र सो न्युनिकरणका लागी महिला समुहको भुमीका अपरिहायै रहने उहाँले बताउनुभयो ।

तालिममा सहभागी समितिका सदस्यहरूलाई नेतृत्व विकास, संस्थागत सञ्चालन, वित्तीय व्यवस्थापन र सामाजिक समावेशीकरण सम्बन्धी आधारभूत सीपहरू प्रदान गरिएको शाखाले जनाएको छ । तालीममा बिभिन्न समुहमा रहेका महिलाहरु, महिला अधिकारकर्मी, शाखाका कर्मचारी तथा पत्रकार लगायतको उपस्थिती रहेको थियो ।