कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आइबिआरडी स्थित कालिका हाट बजारमा शनिबार पुनः अनुगमन गरिएको छ । पुनर्वास नगरपालिकाको उपप्रमुख भुलीया कुमारी रानाको नेतृत्वमा भएको उक्त अनुगमन राजस्व परामर्श समितिको आयोजनामा भएको हो । गत हप्ता अनुगमन गरेसंगै देखीएका बिबिध समस्याहरु समाधान गर्न यतिबेला उपप्रमुख नेतृत्वको राजस्व परामर्श समिति लागी परेको छ । गत हप्ता अनुगमनका क्रममा ब्यापारीहरुले फोहर ब्यवस्थापन, शौचालय ब्यवस्थापनलाई हाटबजार समितीले खासै ध्यान नदिएको गुनासो गरेपछी उपप्रमुख सहितको टिम आफै फिल्डमा खटीएर काम गरेको थियो ।

जस्को फलस्वरुप गत हप्ता उपप्रमुखले दिएको निर्देशन अनुसार नै हाटबजारमा खाली रहेका स्टलहरु भरीभराउ भएका थिए । शनिबार बिहानै हाटबजार अनुगमन गर्न पुग्नु भएको उपप्रमुख रानाले पहिलो चरणमा सरसफाइको काम भएको बताउदै अब हाट बजार क्षेत्रका व्यापारीहरूसँग राजस्व संकलन, फोहर ब्यवस्थापन, मूल्य सूची निर्धारण र नयाँ स्टल निर्माणका कामलाई प्राथामिक्ता दिने बताउनुभयो ।

प्रदेश सरकारले २० लाख बजेट दिएको बताउदै सो बजेट छिटो भन्दा छिटो कार्यान्वयन गराउन आफुले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो । उहाँले हाट बजारका लागी आवश्यक संरचना निर्माणलाई पहिलो प्राथामिक्ता दिएको बताउनुभयो । उहाँले हाटबजारमा स्थानीय उत्पादनलाई बिशेष ग्राह्यता दिन ब्यापारीहरुलाई आग्रह समेत गर्नुभयो ।

यस्तै अनुगमनका क्रममा राजस्व परामर्श समितिका सदस्य तथा पुनर्वास उद्योग बाणीज्य संघका अध्यक्ष राजकुमार रायमाझीले गत हप्ता देखीएको कमिकमजोरीलाई सुधार गर्दै ल्याएको बताउनुभयो । हाट बजार लाई आकर्षक र ब्यवस्थापकीय हिसावले गर्नुपर्ने कामहरु गर्न अभियान कै रुपमा अघि बढाएको बताउनुभयो ।

अनुगमनमा राजस्व परामर्श समितिका पदाधिकारीहरू, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मीहरु, पत्रकार र स्थानीय उपभोक्ताहरूको सहभागिता रहेको थियो ।