कञ्चनपुरको पुनर्वास–१० भिमवस्तीमा बस्दै आउनु भएकी चन्द्रा कुमारी खाती (बयाडी) लाई झण्डै ५ महिना अगाडी अचानक पेट दुख्छ । अचानक पेट दुखेपछी उहाँलाई सोही दिन नै धनगढी स्थित मायामेट्रो हस्पीटलमा भर्ना गरीन्छ । त्यहाँ आन्द्रामा समस्या रहेको भन्दै थप उपचारका लागी रेफर गरीन्छ, तब पत्ता लाग्छ, उहाँलाई आन्द्राको क्यान्सर भएको छ ।

न्युन बर्गीय परिवार, चन्द्राका श्रीमान लाल बयाडी भारतमा मजदुरी गरेर जेनतेन घरखर्च चलाउदै आएका थिए, उहाँसंग भएको धेरथोर रकम श्रीमतीको उपचार गर्दा गर्दै सकिसकेको थियो । जव सामान्य किमो गर्न समेत रकम अभाव हुन थाल्यो उहाँ सहयोगी हातहरु खोज्दै हिड्न थाल्नुभयो । त्यही बेला भारतको मुम्बईमा काम गर्दै आएका युवा अभियान्ता खगेन्द्र बिष्ट उहाँको लागी भगवान बनेर आइपुग्छन् ।
उनै युवा अभियान्ता खगेन्द्र बिष्टको पहलमा “चन्द्रा बचाउँ अभियान” सुरु हुन्छ र सो अभियानको केही समयमै झण्डै तिन लाख हाराहारीमा सहयोग उठ्छ । अभियान मार्फत उठेको २ लाख ८७ हजार रुपैया मंगलबार पुनर्वास–१० का वडा सदस्य पदमराज उपाध्याय, समाजसेबी लक्ष्मी बोगटी कुँवर, र स्थानियहरुको रहोबरमा हस्तानान्तरण गरीएको युवा अभियान्ता खगेन्द्र बिष्टले जानकारी दिनुभयो । अभियान सफल पार्न सहयोग गर्नुहुने १ सय २० जनालाई कृतज्ञता ब्यक्त गरेको उहाँले बताउनुभयो । क्यान्सर पिडीत चन्द्राका श्रीमान लाल बयाडीले अभियान्ता खगेन्द्र बिष्ट सहित सहयोगीहरु सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभयो ।

को हुन? खगेन्द्र बिष्ट ?

बाबा बहादुरे बिष्ट र आमा सुना बिष्टको कोखबाट बि.सं. २०५९ पुस २१ गते डोटीको सायल–३ बेटारामा खगेन्द्रको जन्म भएको थियो । सानै देखी सहयोगी भावना भएका खगेन्द्र यतिबेला दिनदुखीको सहयोगमा निरनतर खटी रहेका छन् । उनलाई धेरै जसो सहयोग अभियान चलाइ दिनु प¥यो भन्दै फोनहरु आउने गरेको बताउँछन् । उनले हालसम्म ५ ओटा सहयोग अभियान चलाइसकेका छन् । समस्याको वास्तबिक्ता, पारीवारीक अवस्था बुझेर मात्रै अभियान चलाउने गरेको उहाँले बताउनुभयो ।

डोटीका १४ महिने बालक इसान थापा जलेर घाइते भएपछी उनले इसानको सहयोगका लागी पहिलो अभियान चलाएका थिए । त्यसपछी उनलाई सामाजीक कार्यमा झन् रुचि बढ्दै गएको बताउँछन् । डोटीकै सायल–२ का चक्र धामीको किड्नी फेल भएपछी उहाँको उपचारका लागी खगेन्द्रले दोस्रो अभियान चलाएका थिए । त्यस्तै पुनर्वास १० निवासी क्यान्सर पिडित गिता देबि ठकुल्ला बचाउँ अभियानमा समेत उनको सक्रिय सहभागीता संगै सहयोग गरेका थिए । यस्तै जंगली हात्तिको आक्रमणमा परी सक्त घाइते भएका पुनर्वास १० निवासी परी बिष्टको उपचारका लागी समेत खगेन्द्रले अभियान चलाएका थिए । र पछिल्लो समय “चन्द्रा बचाउँ अभियान” भर्खर मात्रै सकिएको उनी बताउछन् ।
यसरी डोटी जन्मीएर पछिल्लो समय पुनर्वास १० भिमबस्तीमा परिवार संगै बस्दै आएका खगेन्द्र बिष्ट यतिबेला भने भारतको मुम्वईमा मजदुरी गर्दै आएका छन् । सामान्य परिवारमा जन्मीएका खगेन्द्रको अभियान्ता बनेर दिन दुःखीलाई सहयोग गर्ने हुटहुटीले आफुले कमाएको रकम पनी सेवामै खर्च गर्ने गरेको बताउछन् ।  दिनदुःखीको सेवामा आफ्नो समय खर्चने खगेनद्रलाई हाम्रो तर्फ बाट पनी शुभकामना । दिनदुःखीको सेवामा लागेको मन कहिल्यै नफर्कियोस् ।