कञ्चनपुरको पुनर्वास–६ टाउन बजारमा लाग्दै आएको बुधबारे हाटबजार सञ्चालनमा आएको चौथो हप्ता पुरा भएको छ । पुनर्वास उद्योग बाणीज्य संघको पहलमा, पुनर्वास–६ को सक्रियतामा सो क्षेत्रको आर्थिक गतिविधिलाई बढाउने उद्देश्यका साथ हाट बजार सञ्चालन गरीएको थियो । दुई ओटा पसलबाट सुरु भएको हाट बजारमा पछिल्लो समय ब्यापारीको संख्या बढ्नुका साथै ब्यापार ब्यवसाय पनी फस्टाउदै गएको देख्न सकिन्छ ।