माधव पौडेल : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम प्रदेश स्तमरीय भेला कञ्चनपुरको बेलौरीमा हुने भएको छ । “भावसम्प्रेषण तथा दोस्रो भेला कार्यक्रम” जेठ २० गते बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको पून होटल एण्ड पार्टी प्यालेसमा हुने छ । मंगलबार दिउँसो १२ बजे नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम  हुने नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कञ्चनपुरका जिल्ला इञ्चार्ज दिपेश शाहीले जानकारी दिनुभयो । इन्चार्ज शाहीका अनुसार कार्यक्रममा सुदूरपश्चिमका नेता, कार्यकर्ता, शुभेच्छुक तथा जनसमुदायलाई उपस्थित भई सफल पार्न आह्वान गरिएको छ ।