Search


असई माथि कुटपिटको भिडियो एक हप्तापछि सार्वजनिक ।


Anmol Press

Anmol Press


जेठ २१ गते घटेको उक्त घटनालाई प्रहरी आफैंले मिलाएर दबाएको टिप्पणी भइरहेकामा भिडियो सार्वजनिक भएपछि घटना फेरि सतहमा आएको हो।स्रोतका अनुसार घटना चौकी नजिकै दिनदहाडै भएको थियो। असई चन्दले स्थानीय तस्करीमा संलग्न रहेको आशंकामा एक समूहको सामान जाँच गर्ने क्रममा विवाद सुरु भएको थियो। विवादले उग्ररूप लिएपछि स्थानीय व्यापारी राहुल रानाको समूहले चन्दमाथि हातपात गरेको बताइएको छ । घटना भएको दिन नै कञ्चन आवाजले प्रहरीसँग सोधपुछ गर्दा उनीहरूले उक्त घटना ‘सामान्य’ भएको प्रतिक्रिया दिएका थिए तर यस्तो गम्भीर घटना भएको एक हप्ता बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालयले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको थिएन।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले घटनामा संलग्न रानालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइने जानकारी दिएका छन्।

प्रतिक्रिया !

सम्बन्धित खबर