कञ्चनपुरको पुनर्वासमा शुक्रबार राति तीनजना माथि धारिलो हतियार प्रयोग भएको छ ।  पुनर्वास-६ स्थित मनकामना टोलमा  एक जनाले धारिलो हतियार प्रयोग गरी तीन जनालाई  घाइते बनाएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

स्थानीय राजु सुनारले मदिरा सेवन गरी ठाउँका गोबिन्द सुनार सँग विवाद गर्दै ईट्टा र चक्कु जस्ता धारिलो हतियार प्रयोग गरी गोबिन्द सुनार सहित तीन जनालाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

इटा र चक्कु जस्तो धारिलो हतियार प्रयोग गरी स्थानीय सुनिता सुनारको निधार र मुखमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै सुशिला सुनारको टाउकोमा तथा गोबिन्द सुनारको निधार र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरूको पुनर्वास स्थित आई.बि.आर.डी. पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको   छ ।

घटना लगत्तै कुटपिटमा संलग्न राजु सुनार फरार भएका छन् । उनलाई खोजी गर्न प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमाण्डमा ७ जना प्रहरीको टोली  खटिएको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।