कञ्चनपुरको पुनर्वास नगरपालिकाले पालिकाको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । जेठ १५ गते सुचना जारी गर्दै जेठ २५ सम्मको म्याद राखेर सुचना प्रकासन गरेको थियो । सो अवधिमा १२ वटा प्रतिक चिन्ह (लोगो) को डिजाइन प्राप्त भएको थियो । जसमध्ये पुनर्वास–६ निवासी साईरेक्स कम्प्युटर सेन्टरका सञ्चालक रमेश विश्वकर्माले बनाएको प्रतिक चिन्ह (लोगो) उत्कृष्ट भएको भन्दै सोमबार पुनर्वास नगरपालिकाले सुचना जारी गर्दै प्रतिक चिन्ह (लोगो) सार्वजनिक गरेको हो ।

सोमबारे सुचना जारी गर्दै रमेश विश्वकर्मालाई उत्कृष्ट प्रतिक चिन्ह (लोगो) डिजाईनरका रुपमा घोषणा गर्दै नगद २० हजार सहित पुरस्कृत गरिने पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजालले जानकारी दिनुभयो ।

दुई दशक लामो समय देखि पुनर्वास क्षेत्रमा ग्राफिक्स डिजाईन सँगै कम्प्युटर मर्मत र कम्प्युटर कोर्षमा निकै अनुभवीका रुपमा बिश्वकर्मा परिचित हुनुहुन्छ । नगरपालिकाले मेरो कर्मको उच्च सम्मान गरेको प्रति आफु निकै खुशी भएको उहाँले बताउनुभयो । उहाँले पालिका परिवारलाई आभार ब्यत्त गर्दै आफुलाई हौसला प्राप्त भएको बताउनुभयो ।