Anmol Press
  • होमपेज
  • समाज
  • समाचार
  • राजनीति
  • प्रदेश +
  • विचार
  • अन्तर्वार्ता
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य +
Privacy Policy
Anmol Press
⏰
ON AIR
📅

Search

News5
    • होमपेज
    • समाज
    • समाचार
    • राजनीति
    • प्रदेश +
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • विचार
    • अन्तर्वार्ता
    • अर्थ/वाणिज
    • अन्तराष्ट्रीय
    • खेलकुद
    • मनोरञ्जन
    • अन्य +
      • विज्ञान/प्रविधि
      • शिक्षा
      • स्वास्थ्य
      • कृषी
      • फोटो फिचर
कैलालीका ८ स्थानियतहमा भाद्र १ बाट एनसेलको थ्रिजी सेवा बन्द हुने !
लागूऔषध विरुद्ध युवाको ऐक्यबद्धता : अरनिको युवा क्लब र हिमाल फ्रेन्ड्सबीच ४–४ गोलको रोमाञ्चक बराबरी !
बेलौरी–१ फटियामा भदौ २ गते हनुमान मूर्तिको प्राणप्रतिष्ठा गरिँदै !
दोधारा-चाँदनीमा बिना इजाजत उपचार तथा औषधि बिक्री गर्ने व्यक्ति पक्राउ ! 
सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष न्यौपाने र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री धामी बीच भेटवार्ता ।
बि.ओ.पी. आँपतालमा सीमा सहजीकरण बैठक सम्पन्न, सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणमा जोड दिने ।

पुनर्वास-९ मा वडा अध्यक्षसँग हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, ब्राइट बीचफाटा प्रथम

केशब भट्टराई

केशब भट्टराई

June 18, 2025 at 8:08 pm

कञ्चनपुरकाे पुनर्वासमा वडा अध्यक्षसँग हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। पुनर्वास- ९ को आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा वडा भित्रका सातवटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । प्रतियोगितामा वडाका सातवटा विद्यालयका आधारभूत तहका कक्षा १-५ का विद्यार्थीहरूले भाग लिएका थिए ।
प्रतियोगितामा बोल्दै पुनर्वास- ९ का वडा अध्यक्ष नरबहादुर विकले प्रतियोगिता हरेक महिना एक विद्यालयमा आयोजना गरिएको बताउनुभयो । सबै विद्यालयबाट छनोट भएका उत्कृष्ट टिमहरूलाई आर्थिक वर्षको अन्तिममा वडास्तरको प्रतियोगिता गरेको उहाँले बताउनुभयो । प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूको ज्ञान र प्रतिस्पर्धात्मक भावना बढाउन मद्दत मिलेको उहाँले बताउनुभयो । प्रतियोगिताका कारण विद्यालयसम्म पुग्ने वातावरण सिर्जना हुनुका साथै, विद्यार्थीहरूमा पनि पढ्नुपर्छ भन्ने भावना जागेको उहाँले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा पनि वडाध्यक्षसँग हाजिरी जवाफ प्रतियोगितालाई निरन्तरता दिने वडा अध्यक्ष विकले बताउनुभयो। कार्यक्रममा बोल्दै जीवनशक्ति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक रणबहादुर खातीले प्रतियोगिताले विद्यार्थीहरूमा राम्रो सन्देश पुर्याउने र अध्ययनमा उत्साह जागाउने काम गरेको बताउनुभयो ।
यस्तै, ब्राइट बीचफाटा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक प्रवेश पौडेलले वडाले विद्यार्थी, विद्यालय र स्थानीय सरकारलाई जोड्ने काम गरेको बताउनुभयो ।
प्रतियोगितामा ब्राइट बीचफाटा इङ्लिस बोर्डिङ स्कुलले पहिलो, राष्ट्रिय माध्यमिक विद्यालयले दोस्रो र सरस्वती आधारभूत विद्यालयले तेस्रो स्थानमा जित हासिल गरे । दीप शिखर आधारभूत विद्यालयलाई सान्त्वना पुरस्कार जितेको छ ।
प्रतियोगितामा सहभागी भएका अन्य विद्यालयहरूमा सिता बस्ती पब्लिक इङ्लिस बोर्डिङ स्कुल, प्रीति गार्डेन इङ्लिस बोर्डिङ स्कुल र जीवनशक्ति माध्यमिक विद्यालयका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी र सहभागी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया !

सम्बन्धित खबर

कैलालीका ८ स्थानियतहमा भाद्र १ बाट एनसेलको थ्रिजी सेवा बन्द हुने !

लागूऔषध विरुद्ध युवाको ऐक्यबद्धता : अरनिको युवा क्लब र हिमाल फ्रेन्ड्सबीच ४–४ गोलको रोमाञ्चक बराबरी !

बेलौरी–१ फटियामा भदौ २ गते हनुमान मूर्तिको प्राणप्रतिष्ठा गरिँदै !

दोधारा-चाँदनीमा बिना इजाजत उपचार तथा औषधि बिक्री गर्ने व्यक्ति पक्राउ ! 

सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष न्यौपाने र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री धामी बीच भेटवार्ता ।

बि.ओ.पी. आँपतालमा सीमा सहजीकरण बैठक सम्पन्न, सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणमा जोड दिने ।

पुनर्वासमा मलखाद बिक्री–वितरण गर्ने सहकारीहरूको उपप्रमुख रानाद्धारा स्थलगत अनुगमन !

विद्यालयमा किशोरीहरूमा देखिने Mass Psychogenic Illness (MPI) : वैज्ञानिक बुझाइ, कारण, रोकथाम, जटिलता र सबै सरोकारवालाको साझा जिम्मेवारी !

गेटामा ट्राफिक प्रहरीको बहादुरी, श्राद्ध गर्न हिँडेको अटोलाई रोकेर ओभरलोडको चिट ! ओभरलोड गाडी खुलेआम हुइकिँदै ! 

ताजा खबर

कैलालीका ८ स्थानियतहमा भाद्र १ बाट एनसेलको थ्रिजी सेवा बन्द हुने !

1 week ago

लागूऔषध विरुद्ध युवाको ऐक्यबद्धता : अरनिको युवा क्लब र हिमाल फ्रेन्ड्सबीच ४–४ गोलको रोमाञ्चक बराबरी !

1 week ago

बेलौरी–१ फटियामा भदौ २ गते हनुमान मूर्तिको प्राणप्रतिष्ठा गरिँदै !

1 week ago

दोधारा-चाँदनीमा बिना इजाजत उपचार तथा औषधि बिक्री गर्ने व्यक्ति पक्राउ ! 

2 weeks ago

सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष न्यौपाने र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री धामी बीच भेटवार्ता ।

2 weeks ago

हाम्रो बारेमा

कृपांशी मिडिया प्रा.लि द्वारा संचालित

www.anmolpress.com

पुनर्वास नगरपालिका-११, कंचनपुर

+977 9865681534

[email protected]

सूचना विभाग दर्ता नंः ५००८-२०८१/२०८२

प्रेस काउन्सिल दर्ता नं.: ५०३७-२०८१/२०८२
कम्पनी दर्ता नं.:- ३६२४३१/८१/८२

हाम्रो टीम

अध्यक्ष: केशव भट्टराई
सम्पादक: सुरज श्रेष्ठ

संवाददाता: सुदर्शन सिग्देल

संवाददाता: पवन जोशी

कार्यक्रम संयोजक : रुपेश बि.क.

Share Icon सामाजिक सञ्जाल
Facebook Facebook Twitter Twitter YouTube YouTube Instagram Instagram WhatsApp WhatsApp

Anmol Press ©2026, All rights reserved.

Design By: PROTECH NEPAL