कञ्चनपुरको पुनर्वासमा करे*न्ट लागेर एकजनाको मृ*त्यु भएको छ । पुनर्वास –९ स्थित ख गाउँ मा शुक्रबार दिउँसो ४ बजे ट्याक्टरमा चढेर खेल्ने क्रममा स्थानीय ६ वर्षीय आर्यन कुवँरको करे*न्ट लागेर मृ*त्यु भएको हो ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका अनुसार मृ*तक आर्यन कुँवर छिमेकी खडक बोहराको घर अगाडि पार्क गरि राखिएकाे से १ त १३७१ नम्बरको ट्याक्टरमा खेलिरहेको बेला फलामको डण्डीमा विद्युत् सर्ट भई करे*न्ट लाग्दा घटनास्थलमै बालकको मृ*त्यु भएको   हो ।
घटनास्थल प्राथमिक अनुसन्धान पछि, मृ*त बालकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिनुभयो । स्थानीयले घटना प्रति  गहिरो दुःख व्यक्त गरेका छन् भने बालकको परिवार शोकमा डुबेको छ । घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।