कञ्चनपुरको पुनर्वासमा एक जना मृ*त भेटीएका छन् । पुनर्वास १० बिकास बस्ती स्थित चन्द्र मोहन ईट्टा भट्टाको घरभित्र एक पुरुष झुण्डि*एको अवस्थामा मृ*त फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीले जानकारी दिएको छ ।

बुधवार साँझ ६ बजेतिर स्थानीयले दिएको सूचना अनुसार, पकरिया टोल बस्ने ४८ वर्षीय गणेश नेपाली ईट्टाभट्टा भित्र रहेको सानो टिनले छाएको घरमा बासको बलोमा झुण्डि*एको अवस्थामा मृ*त फेला परेका थिए ।

प्रहरीका अनुसार मृ*तक गणेश नेपाली करिब ४÷५ दिनदेखि हराइरहेका थिए । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । यस घटनाले स्थानीय क्षेत्रमा शोक र चासो दुवै फैलिएको छ ।