कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ का दीपक गिरी अहिले पेटको आन्द्रामा क्यान्सरको समस्या सँग जुधी रहेका छन् । सुकुम्बासी परिवारमा जन्मिएका दीपकको परिवारको एकमात्र कमाउने सदस्य अहिले बिरामीले थलिएपछि उपचारको लागि आवश्यक आर्थिक सहयोगको खोजीमा छन् ।

झन्डै डेढ वर्षअघि दीपकलाई पेटको असहजता महसुस भएपछि उपचारका लागि चेकजाँच गराएका थिए । उनलाई *कार्सिनोमाआफ रेक्टम* (आन्द्राको क्यान्सर)  भएको चिकित्सकहरूले बताएका  छन् ।

उनकी श्रीमती, सीता गिरीका अनुसार, घरको कमाउने सदस्य बिरामी भएपछि परिवारको आर्थिक अवस्था निकै दयनीय बनेको    छ । श्रीमानको उपचार गर्न आर्थिक समस्याले उनलाई अझै बढी चिन्तित बनाएको छ ।

सीता गिरीले सम्पूर्ण आफ्नो गाउँघर समुदाय इष्टमित्र  र सहयोगी दाताहरू लाई दीपकको उपचारमा सहयोग गरिदिनुहुन अपिल गर्नुभएको छ ।

दीपक गिरीको उपचार रिपोर्ट अनुसार, उनलाई क्यान्सर भएको पत्ता लागेपछि उपचारका लागि अस्पतालमा निरन्तर चेकजाँच र औषधिको आवश्यकता रहेको छ । दीपकको उपचारका लागि सहयोग गर्न तल दिएको खाता नम्बरमा सहयोग गर्न सक्नुहुनेछ ।